01
Apr 04, 2025
जैशिदेवल तेक्वान्दो डोजाङ्ग द्वारा आज मिति २०८१ बैशाख १७ गते सोमबार पहेलो पेटी देखि रातो पेटी सम्म ग्रेडिङ्गमा उतिर्ण खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ। सोही अवसरमा, डोजाङ्गका खेलाडीहरुलाई KUKKIWON 2nd Dan र 1st Poom को प्रमाण पत्र प्रदान गरिएको छ। ग्रेडिङ्गमा उतिर्ण हुन सफल ४४ खेलाडीहरुलाई अन्तर्राष्ट्रिय निर्णायक, राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक एवं डोजाङ्गका प्रमुख प्रशिक्षक श्री राजेश प्रजापतिज्यू द्वारा प्रमाण पत्र वितरण गर्नु भएको छ। ग्रेडिङ्गमा उतिर्ण सवै खेलाडीहरुलाई जैशिदेवल युथ क्लव तथा डोजाङ्गको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं।