जैशिदेवल युथ क्लव द्वारा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा मिति २०८२ जेठ १० गते शनिबार नि:शुल्क मधुमेह तथा आँखा (Eye and Diabetes Camp) जाँच शिविर आयोजना गरेको छ। उक्त शिविरमा १७६ जनाले जाँच गराउन भएको छ। यस क्लब संग सहकार्यका साथ नि:शुल्क शिविर आयोजना गर्न मद्दत गर्नु हुने तिलगंगा आँखा प्रतिष्ठानका मेडिकल टिमलाई क्लवका अध्यक्ष श्री राजेश प्रजापतिज्यू द्वारा धन्यबाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गर्नु भएको छ।

Leave a Comment