का.म.पा. वडा नं १२ का वडा अध्यक्ष श्री बालकृष्ण महर्जनज्यूको प्रमुख आतिथ्यतामा मिति २०८० फागुन १३ गते आईतवारका दिन खेल सामाग्री, बेल्ट टेष्ट प्रमाण पत्र, टिसर्ट, क्लवको आधिकारीक वेवसाईट www.jyc.org.np उदधाटन ।

जैशिदेवल युथ क्लव द्वारा का.म.पा. वडा नं १२ का वडा अध्यक्ष श्री बालकृष्ण महर्जनज्यूको प्रमुख आतिथ्यतामा मिति २०८० फागुन १३ गते आईतवारका दिन खेल सामाग्री वितरण, बेल्ट टेष्ट प्रमाण पत्र वितरण, टिसर्ट वितरण, क्लवको आधिकारीक वेवसाईट www.jyc.org.np उदधाटन सहित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा का.म.पा. वडा नं १२ का वडा अध्यक्ष श्री बालकृष्ण महर्जनज्यूबाट नेपाल तेक्वान्दो संघ द्वारा आयोजित दोस्रो डान, पहिलो डान र रातोकालो बेल्ट टेष्टमा उर्तिण हुन सफल जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको छ । त्यसै गरि वडा अध्यक्ष श्री बालकृष्ण महर्जनज्यू द्वारा का.म.पा. वडा नं १२ बाट खेलाडीहरुको खेल क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सहयोग स्वरुप खेल सामाग्रीहरु जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिज्यूलाई हस्तान्तरण गर्नु भयो । सोही अवसरमा वडा अध्यक्ष श्री बालकृष्ण महर्जनज्यूबाट डोजाङ्गका सम्पूर्ण खेलाडीहरुलाई टिसर्ट प्रदान गर्नु भयो । कार्यक्रममा जैशिदेवल युथ क्लव द्वारा डोजाङ्गका प्रशिक्षकद्वय श्री सुमन सयामीज्यू तथा श्री अन्जित राईज्यूलाई नगद सहित सम्मान गरेको छ । वडा अध्यक्ष श्री बालकृष्ण महर्जनज्यूबाट जैशिदेवल युथ क्लवको आधिकारीक वेवसाईट www.jyc.org.np को उदधाटन गर्न भएको छ ।

उक्त अवसरमा जय माता दक्षिणकाली अदृष्य शक्ति केन्द्र तथा आरध्यदेवी श्री तेलेजु भवाणी सेवा समितिका अध्यक्ष श्री शैलेन्द्र कुमार श्रेष्ठज्यू द्वारा जैशिदेवल युथ क्लवका कार्यकारिणी समिति सदस्य एवं प्रशिक्षकहरुलाई उपहार स्वरुप ट्राकसुट प्रदान गर्नु भएको छ ।

                 

हाम्रो अनुरोधमा आजको कार्यक्रममा गरिमामय उपस्थितीका साथ क्लवलाई सहयोग तथा हौसला प्रदान गरिदिनु भएकोमा का.म.पा वडा नं १२ का वडा अध्यक्ष श्री बालकृष्ण मर्हजनज्यू, वडा सदस्य श्री पुष्प रत्न प्रजापतिज्यू, जय माता दक्षिणकाली अदृष्य शक्ति केन्द्र तथा आरध्यदेवी श्री तेलेजु भवाणी सेवा समितिका अध्यक्ष श्री शैलेन्द्र कुमार श्रेष्ठज्यू तथा माता विजेश्वरी मन्दिरका मूल पुजारी श्री हेम रत्न बज्राचार्यज्यूलाई जैशिदेवल युथ क्लव परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

 


Leave a Comment